महोत्तरीमा विद्यालय बन्द गरेर प्रधानाध्यापक नै राजनितीे जुलुसमा, पठनपाठन ठप्प



मेरो प्रदेश सम्वाददाता
नेकपा प्रचण्ड नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा महोत्तरीका शिक्षकहरु विद्यालय नै बन्द गरेर आन्दोलनमा पुगेपछि पठनपाठन ठप्प भएको छ ।
महोत्तरीको बर्दीबास नगरपालिका ७, प्रेमनगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं नै पुगेका पछि विद्यालयको पठनपाठन ठप्प भएको हो ।
उनीहरू प्रदर्शनमा सहभागी भएको तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि
पठनपाठन ठप्प भएको कुरा थाहा भएको हो ।
शिक्षक अभावमा विज्ञान र लेखा विषयको पढाइ नै नभएको कक्षा १० मा अध्ययनरत छात्रा कविता महतोले बताइन् । शिक्षक हुँदा पनि पढाइमा ध्यान नदिएको छात्रा महतोको
भनाई छ ।
विद्यालयका शिक्षकहरूले चरम लापरबाही गर्ने गरको , अधिकांश विद्यार्थी विद्यालय छुट्टी हुने समय अगावै घर पुग्नेगरेको , पटक(पटक पढाइको गुणस्तर सुधार गर्न भनेपनि कसैले नसुनेको स्थानीय पञ्चु साहले बताए ।

यस सम्वन्धमो जनशक्ति अभावका कारण विद्यालयमा पठनपाठन प्रभावित भइरहेको , मावि तहमा शिक्षकको अभाव रहेको र विद्यालय व्यवस्थापन समिति नहुँदा सुधार गर्न समस्या भएको विद्यालयका शिक्षक कमलेश यादवले बताए ।


शैक्षिकसत्र सकिन लाग्दा पनि विज्ञान पुस्तकको एउटा पाठ पनि पढाइ नभएको र पटक पटक प्रधानाध्यापक समक्ष गुनासो गर्दा पनि वास्ता नगरेको विद्यार्थीहरूले बताएका छन् ।
शिक्षक राजवीर महतो र गोविन्द साह पनि प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेको बुझिएको छ । प्रधानाध्यापक महतोसहित तीन शिक्षक दुई दिनदेखि अनुपस्थित भएका कारण पठनपाठन नै ठप्प रहेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
स्थानीय शिक्षकहरू आफ्नो निजी काममा व्यस्त हुँदा पठनपाठन प्रभावित बनेको स्थानीय हरिदेव महतो बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button