आज शहिद पत्रकार उमा सिँहकाे १२ स्मृति दिवस




सहिद पत्रकार उमा सिहंको १२ औं स्मृति दिवस आज साेमबार मनाइँदै छ। सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाहरुले सहिद उमा सिहंको स्मृति दिवस विविध कार्यक्रम गरी मनाउन लागेका हुन् ।

जनकपुरकी पत्रकार सिंहको २०६५ पौष २७ गते विभत्स हत्या भएको थियो। यसैकारण याे दिनलाइ पत्रकारीकता जगत् मा कालो दिनको रूपमा लिने गरिन्छ ।

१२ वर्ष अघि आजकै दिन जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा बसेकाे बेला निर्ममता पूर्वक उनकोे विभत्स हत्या गरिएको थियो ।

अहिलेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिएर बस्दै आएकी सिंहलाई २०६५ पुस २७ गते राती करिब ७ः३० बजेको समयमा हत्यारा समूहले आक्रमण गरेका थिए ।

आक्रमणकारीले सिंहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याइ जताततै खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाम १ मिल्स एरियास्थित केयर मेडिकलमा उपचारको लागी ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई काठमाडौँ लग्ने क्रममा बाटोमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button