बर्दिवासमाा लिएको लाईसेन्सको प्रयोगात्मक परीक्षमा ६३ जना उतिर्ण



निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित यातायात ब्यवस्था सेवा कार्यालयले मोटर साईकल तथा स्कुटरको आज लिएको सवारी चालक अनुमतीपत्र लाईसेन्सको प्रयोगात्मक परीक्षमा ६३ जना परीक्षार्थी उतिर्ण भएका छन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण गत चैत्र महिनादेखी बन्द गरिएको सवारी चालक अनुमती पत्र (लाईसेन्स) आवेदन फारम यहि पौष १४ गत्ते देखी यातायात ब्यवस्था बिभागले खुल्ला गरेपछी यातायात ब्यवस्था सेवा कार्यालय बर्दिवासमा महिला तथा पुरुष गरी जम्मा २ सय १ जनाले अवेदन दिएका थिए । आवेदकहरुको लिईएको लिखित तथा प्रयोगात्मक परीक्षामा १ सय २८ जना अनउतिर्ण भएका छन भने ५ जना भने परीक्षामा सहभागी भएका छैनन । आज भएको प्रयोगात्मक परीक्षामा उतिर्ण हुनेहरुलाई माघ २ गत्ते सवारी चालक अनुमतीपत्र बितरण गरीने यातायात ब्यवस्था सेवा कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button