आज २८ कार्तिक २०७७ शुक्रवार को राशिफल




मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्यपनि अघि बढ्नेछ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रापनि होला ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button