गुटबन्दीले क्षतविक्षत प्रदेश २ को नेकपा : यसकारण निम्तियो पर्सा घटना



६ कात्तिकमा पर्साको बिन्दबासिनीमा भए झैं घटना एक वर्ष अघि महोत्तरीको बर्दिवासमा भएको थियो। नेकपाको सिरहा र सप्तरी जिल्ला कमिटिको संयुक्त सपथ कार्यक्रममा नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहमाथि हातपात भयो भने सपथ कार्यक्रम नै विथोलियो।


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गएको ६ कात्तिकमा पर्साको विन्दबासिनी गाउँपालिकामा आयोजना गरेको गाउँपालिका कमिटीको सपथ कार्यक्रम रणभूमि बन्न पुग्यो। नेकपाका दुई समूहबीच लाठी र भाटासहित भएको त्यो झडपमा गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भयो। चौरसियाको मृत्युपछि नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित प्रदेश २ सह–इन्चार्ज नागेन्द्र चौधरी, विश्वनाथ साहलगायतका नेताले दोषीमाथि कार्वाहीको माग गरेर  निरन्तर धर्ना र जुलुस गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले यो घटनाको जाहेरी दर्ता नगरेपछि १३ कात्तिकमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत नेकपाकै नेता एवम् संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना विरुद्ध हत्याको किटानी जाहेरी प्रहरीमा दर्ता भएको छ। 

जाहेरी दर्तासँगै पर्सा घटना कानूनी प्रक्रियामा प्रवेश गरेको छ र कानूनी रुपमै यसको छिनोफानो हुनेछ। तर, यही घटनाले नेकपामा एउटा पक्ष सरकारमा र अर्को पक्ष सडकमा रहेको स्पष्ट तस्वीर उजागर गरेको छ। सँगै यसले प्रदेश २ मा नेकपाभित्रको विवाद कुन हदसम्म पुगेको छ भन्ने पनि छर्लंग पारेको छ।

जाहेरी दर्तासँगै पर्सा घटना कानूनी प्रक्रियामा प्रवेश गरेको छ र कानूनी रुपमै यसको छिनोफानो हुनेछ। तर, यही घटनाले नेकपामा एउटा पक्ष सरकारमा र अर्को पक्ष सडकमा रहेको स्पष्ट तस्वीर उजागर गरेको छ। सँगै यसले प्रदेश २ मा नेकपाभित्रको विवाद कुन हदसम्म पुगेको छ भन्ने पनि छर्लंग पारेको छ।
६ कात्तिकमा पर्साको बिन्दबासिनीमा भएको हिंसात्मक घटना प्रदेश २ मा रहेको नेकपा विवादको उत्कर्ष रुप मात्र हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदादेखि नै भित्रभित्रै सल्किइरहेको विवादको आगो यी दुई पार्टीबीचको एकीकरणपछि थप बढ्न पुगेको थियो। नेकपाका प्रदेश २ इन्चार्ज, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पूर्वएमाले र पूर्वमाओबादीमा पहिल्यैदेखि विवाद रहेको र अहिले त्यसकै उत्कर्ष रुप देखिएको बताउँछन्। मण्डल भन्छन्, “नहुनुपर्ने घटना भयो, तर यो अवस्था कसरी आयो भन्नेबारे पनि अनुसन्धान हुनुपर्छ।”

मण्डलले यसो भनिरहँदा नेकपाकै प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरी भने नेकपाको प्रदेश राजनीतिमा रहेको विवाद र पर्सा घटनालाई जोडेर हेर्न नहुने बताउँछन्। चौधरी भन्छन्, “विन्दवासिनिमा भएको घटना विशुद्ध आपराधिक घटना हो, यसको पार्टीको विवादसँग साइनो छैन।”

नेकपाका दुई पक्ष वा समूहका दाबी र तर्क आ–आफ्नै भए पनि यो घटनाले केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको तिक्तता बढाउन भूमिका खेलेकाले यो घटना पर्साको विवादम मात्र सीमित थिएन भन्ने प्रष्ट हुन्छ। दाहालले पर्सा घटनाका दोषीलाई कार्वाही गर्न माग गर्दै कार्यकारी अध्यक्षको हैसियतमा ९ कात्तिकमा विज्ञप्ति नै जारी गरेका थिए। 

नेकपामा भिडन्त: बर्दिवासदेखि बिन्दबासिनीसम्म 

पर्साको विन्दवासिनीमा भएको झडपमा नेकपाका गाउँपालिका कमिटीका सचिव चौरसिया मारिए। तर, नेकपाका दुई समूह यो घटनामा एक अर्कालाई दोषारोपण गर्नेमा तल्लीन छन्। 

प्रदेश २ मा नेकपाको केन्द्रीय राजनीतिकै जस्तो शक्ति संघर्ष छ। यद्यपि, त्यहाँको समीकरण केन्द्रभन्दा केही भिन्न छ। प्रदेश इन्चार्ज मण्डल यो घटनामा प्रदेश सह-इन्चार्ज नागेन्द्र चौधरीसहित केन्द्रीय सदस्य रामचन्द्र साह तेली र छोटेलाल यादव प्रमुख जिम्मेवार रहेको दाबी गर्छन्। “नागेन्द्र चौधरीले एकपक्षीय रुपमा कार्यक्रमको आयोजना गरे, अर्को गुटको मान्छेलाई नबोलाउने, जानकारी नदिने र एउटा पक्षलाई मात्र सहभागी गराउने काम गरेकाले त्यहाँ असन्तुष्टि भयो,” मण्डलले भने, “योजनावद्ध रुपमा एउटा गुटको भेला गरेर एक पक्षका मान्छेलाई मात्र सपथ ग्रहण गराउने काम गरेपछि यो घटना भएको हो। एउटै पार्टी, एउटै जिल्ला, एउटै पालिका र एउटै कमिटिका साथीहरुलाई सपथग्रहणमा विभेद गर्दाा असन्तुष्टि जन्मियो, त्यहीकारण यो घटना भयो।” 

मण्डलले असुन्तिष्टिका कारणले विरोध भएको र विरोध बढ्दै जाँदा झडप भएर दुःखद घटना भएको दाबी गरे। 
तर, नेकपाका प्रदेश सहइन्चार्ज चौधरी भने प्रदेश कमिटीले गरेको निर्णय र तय गरेको कार्यक्रम कार्यान्वयन गर्न मात्र आफू गएको बताउँछन्। “जिल्ला कमिटिका इन्चार्ज, सचिव, आयोजक गाउँपालिका कमिटिका अध्यक्ष र सचिव सवैले मलाई प्रमुख अतिथि भइदिनुस् भनेपछि कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएको हुँ,” चौधरी भन्छन्, “म प्रदेशको सहइन्चार्ज हुँ। प्रदेशको सह-इन्चार्जको निर्देशनमा यस्तो घटना हुन्छ भन्नु हास्यास्पद हो। जिल्लाले जिल्ला इन्चार्जको निर्देशनमा काम गर्छ। त्यसमाथि त्यहाँ त कार्यक्रम शुरू नहुँदै आक्रमण भएको हो।”

तत्कालीन एमाले र माओवादीको एकीकरणबाट नेकपा गठन भएदेखि नै प्रदेश २ मा तीब्र विवाद छ। प्रदेश २ मा नेकपाको विवाद अलि भिन्न छ। एउटै पार्टीभित्र पनि दुई पार्टीमा जस्तो पक्ष र विपक्ष मात्र छैन, उनीहरुबीचमा शत्रुतापूर्ण अवस्था नै देखिएको छ। 
तत्कालीन एमाले र माओवादीको एकीकरणबाट नेकपा गठन भएदेखि नै प्रदेश २ मा तीब्र विवाद छ। प्रदेश २ मा नेकपाको विवाद अलि भिन्न छ। एउटै पार्टीभित्र पनि दुई पार्टीमा जस्तो पक्ष र विपक्ष मात्र छैन, उनीहरुबीचमा शत्रुतापूर्ण अवस्था नै देखिएको छ। 

६ कात्तिकमा पर्साको बिन्दबासिनीमा भए झैं घटना एक वर्ष अघि महोत्तरीको बर्दिवासमा पनि भएको थियो। घटना उस्तै भए पनि त्यसबेला कसैले ज्यान भने गुमाउनु परेन। नेकपाको सिरहा तथा सप्तरी जिल्ला कमिटिका लागि २४ भदौ २०७६ मा बर्दिबासमा आयोजना गरिएको संयुक्त सपथ कार्यक्रममा भएको झडपमा प्रदेश २ का पार्टी अध्यक्ष प्रभु साहमाथि हातपात भएको थियो भने सपथ कार्यक्रम नै विथोलिएको थियो। नागेन्द्र चौधरीसहित रामचन्द्र झा, शत्रुघ्न महतो, उमेश यादव लगायतका नेताहरुले जिल्ला कमिटी गठन गर्दा योग्य र सक्षम पार्टी सदस्यलाई नसमेटिएको भन्दै सबैलाई समेटेर जिल्ला कमिटी गठन गरेपछि मात्र सपथ गराउन माग गर्दै केन्द्रमा निवेदन दिएका थिए। त्यहीकारण दुई पटकसम्म स्थगित भएको सपथ कार्यक्रमलाई प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले अघि बढाएपछि असन्तुष्ट पक्षले विरोध गरेको थियो। 

बर्दिवासको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल सहभागी हुने कार्यक्रम तय भएको थियो। तर, तीब्र विवाद देखिएपछि दाहाल र पौडेल कार्यक्रममा उपस्थित थिएनन्। 

नेकपाको प्रदेश २ को विवादमा पूर्वमाओबादीका प्रभु साहले नेतृत्व गर्ने समूह र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीनिकट रहेका मण्डल र प्याकुरेल एक ठाउँमा छन् भने नागेन्द्र चौधरी, मातृका यादव, विश्वनाथ साह लगायतको समूह अर्कोतिर छ। चौधरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालनिकट छन् भने मातृका र विश्वनाथ अध्यक्ष दाहालनिकट मानिन्छन्। यी दुई समूहले एकले अर्कोलाई निषेधकै जस्तो बाटो अबलम्बन गरेका छन् जसले गर्दा प्रदेशमा झडप, गुटबन्दी र समानान्तर कमिटी निर्माणको शृंखला देखिएको छ। 

नेकपाका प्रदेश २ इन्चार्ज तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल।
विवादकै कारण बारा र पर्साबाहेक अन्य छ जिल्ला कमिटीको सपथग्रहण नै हुनसकेको छैन। जुन ठाउँमा पालिकास्तरीय कमिटी गठन भएर सपथ सम्पन्न भएको छ, त्यहाँ समानान्तर कमिटी निर्माण गरिएका छन्। प्रदेश सहइन्चार्ज चौधरीका अनुसार पर्सामा अहिलेसम्म गाउँपालिका कमिटी गठन भएका ठोरी, छिपहरमाई, जिराभवानी लगायत गाउँपालिकामा समानान्तर कमिटीको सपथग्रहण भएको छ। प्रदेश इन्चार्ज मण्डल, अध्यक्ष साह र सचिव प्याकुरेलले आफूखुसी गाउँपालिका कमिटी गठन गरेकाले समानान्तर कमिटीहरु निर्माण भएको चौधरीको दाबी छ। “अहिलेसम्म जहाँ जहाँ पालिका कमिटिका नाम सार्वजनिक गरिएको छ, त्यहाँ समानान्तर कमिटी बनेका छन्। यसको दोषी प्रदेश नेतृत्व हो,” चौधरी भन्छन्, “सवैलाई नसमेट्दा यस्तो भएको हो।”

चौधरीकै नेतृत्वमा ३० भदौ २०७६ मा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने १६ जना केन्द्रीय सदस्यले मण्डल, साह र प्याकुरेललाई जिम्मेवारीबाट मुक्त गरी कार्वाही गर्न केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका थिए। 

एकता हुनुअघिदेखि विवाद

प्रदेश २ मा नेकपाको विवाद एकीकरणअघिका एमाले र माओवादीदेखिको हो। तत्कालीन एमालेमा सबभन्दा ठूलो समस्या धनुषामा थियो। रघुविर महासेठ भर्सेस रामचन्द्र झा भएको त्यो विवादमा अन्ततः झाले एमाले नै छाडेका थिए। त्यसपछि ओलीनिकट मानिएका महासेठ एकातिर र शत्रुघ्न महतो, सुधीर साह, श्रीप्रसाद साहलगायत अन्य नेताहरु अर्कोतिर भए। ओलीनिकट भएकैले सत्यनारायण मण्डल, सुमन प्याकुरेलसमेत महासेठसँग जोडिए। 

यस्तो गुटको चपेटामा पूर्वमाओवादी पनि छ। प्रदेश २ मा पूर्वमाओबादीको एउटा गुटको नेतृत्व मातृका यादवले गर्छन् भने अर्को गुटको नेतृत्व प्रभु साहले। सर्लाही, सिरहा र महोत्तरीमा महत्वपूर्ण प्रभाव रहेको पूर्वजनमोर्चा समूहको अर्को गुट पनि छ पूर्वमाओवादीमा, जसको नेतृत्व प्रदेशमा विश्वनाथ साहले गर्छन्। 
धनुषामा सीमित तत्कालीन एमालेको विवाद प्रदेशभर विस्तार भयो, जसमा अर्को धारको नेतृत्व माधवकुमार नेपालनिकट नेता नागेन्द्र चौधरीले गर्न थाले। त्यसपछि गुट र विवाद यसरी झांगियो कि सार्वजनिक कार्यक्रममै एक नेताले अर्को नेतालाई आक्रमण गर्नेसम्मका घटना भए। २०७४ सालको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारको टुंगो लगाउने क्रममा धनुषाको ढल्केवरनजिक मण्डलसहित तत्कालीन एमालेका प्रदेशस्तरीय नेताहरूको वैठक वसिरहेकै वेला मण्डलमाथि केन्द्रीय सदस्य सुधीर साहले बोत्तल प्रहार गरेका थिए। पछि नेकपाको प्रदेश सभा संसदीय दलको नेतासमेत रहेका मण्डलमाथि नेकपाकै प्रदेश सभा सदस्य मञ्जु यादवले हातपात गरिन्। पार्टीभित्र हुर्किएको गुटबन्दीकै कारण यो खालको अराजकता बढेको मण्डल बताउँछन्। 

यस्तो गुटको चपेटामा पूर्वमाओवादी पनि छ। प्रदेश २ मा पूर्वमाओबादीको एउटा गुटको नेतृत्व मातृका यादवले गर्छन् भने अर्को गुटको नेतृत्व प्रभु साहले। सर्लाही, सिरहा र महोत्तरीमा महत्वपूर्ण प्रभाव रहेको पूर्वजनमोर्चा समूहको अर्को गुट पनि छ पूर्वमाओवादीमा, जसको नेतृत्व प्रदेशमा विश्वनाथ साहले गर्छन्। 

पूर्ववर्ती दुवै पार्टीबाट झांगिएर आएका यिनै गुटले प्रदेश २ मा नेकपाको पार्टी कमिटी भताभुंग छ। मण्डल भन्छन्, “यो अवस्था निम्त्याउनेहरुलाई कार्वाहीका लागि पार्टी केन्द्रमा पटक पटक भन्यौं, शीर्ष नेताहरुलाई आग्रह गर्यौं, तर केही कार्वाही नहुँदा अराजकता झन मौलाउँदै गयो।” 

साभार हिमाल खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button