थप चार जनाकाे काेराेना संक्रमणका कारण मृत्यू



बाँकेको भेरी अस्पताल र मोरङको नोबेल शिक्षण अस्पतालमा दुइ ÷दुइ जना गरी थप चार जनाको कोरोना संक्रमितको मृत्यू भएको छ ।


मृत्यू हुनेमा बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका –८ की ७१ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय पुरुष रहेका छन् । उनीहरुलाइ गत असोज ६ र १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमतिको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला रहेकी छीन् । उनीहरु दुवै जना सुनसरी जिल्लाका थिए ।

अस्पतालका अनुसार ४० वर्षीय महिला सुगर रोगी र ७१ वर्षीय वृद्ध मुटु र फोक्सो दीर्घरोगी थिए । उनीहरुलाइ गत असोज २० र २१ गते संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button