सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाका ११ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाका ११ जनालाई मगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको क्रममा १ सय १५ जनाको रिपोर्ट आउँदा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकी सवैको रिपोर्ट नेगेटिभ आएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३१ वर्षीया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षीय पुरुष तथा २४, ३०, ३८ र ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ् ।

यसैगरी, वडा नं. १० का ४७ वर्षिय पुरुषमा पनी कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button