कोरोना रोकथाम र उपचारकालागि सरकारले फेरी ५५ करोड निकासा गर्याे ।



 सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारकालागि   फेरि   ५५ करोड भन्दा  बढी रकम निकासा गरेको छ । सरकारले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैँया निकासा गरेको  जनाइएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे मातहतमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार  कोष सञ्चालक समितिका अध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले प्रदेश सरकार , स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी  रकम निकासा गरेकाे   मन्त्रालयले जनाएकाे छ।


सरकारले लगातार करोडौं रुपैयाँ निकासा गरे पनि प्रदेश तथा स्थानीय तहमा कोरोना रोकथाम नियन्त्रण भने प्रभावकारी बन्न नसकेको  र  क्वारेन्टिनहरू समेत अव्यवस्थित हुन नसकेकाे बारेमा चाैतर्फी अालाेचना भैरहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button