महाेत्तरीमा दशगजा क्षेत्रमा घेराबेरा लगाउन थालियाे



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
भरतीय सीमाबाट लुकीछिपी नेपाल आवतजावत गर्नेक्रम नरोकिएपछि महोत्तरीका सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न गरिएको थियो । तर सिमा नाका बस्ती संग जोडिएका कारण बस्तीबीचबाट नेपाल छिर्ने क्रम जारीरहेपछि सिमानाकामा बाँसका फट्टा र अन्य काठ ठड्याइएर अस्थाई घेराबेरा लगाइन थालिएको छ ।
महोत्तरीको भारतसँग सीमा जोडिएका ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवत जावत नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ महोत्तरीको मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फको सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।


भारतले रेलसेवा सञ्चालन गरेपछी भारतबाट लुकिछिपी नेपाल आउँनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको भनाई छ । उनका अनुसार अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने छ ।

सीमा क्षेत्रमा घेराबेरा लगाउँन थालेपछी महोत्तरीका सिमानाकाहरुमा सुरक्षा गस्ती समेत बढाईएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button