मदिरा सेवनले मारेका परिवारका सदस्यलाइ जनही १-१ लाख दिने घाेषणा, घाेषणाकाे चाैतर्फी विराेध



 


महोत्तरीमा विषाक्त मदिरा सेवनबाट मंगलबार सम्म मर्नेकाे संख्या संख्या १३ पुगेको छ । जिल्लाकाे   भंगहा नगरपालिका-७ मझौलियाकी ७० वर्षीया गर्भी देवीको मृत्यू भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको हाे  । 

 मृत्यु भएका १३ जनामध्ये १० जनाको विषाक्त मदिरा सेवन र एक जनाको औलोको कारण मृत्यु भएको पोस्टमार्टम  रिपोर्टले देखाएकाे छ ।  पहिलोपटक मृत्यु भएका अर्का एक जनाको  रिपोर्ट अाउन  बाँकी   रहेकाे स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।

वैशाख १० गते यता महोत्तरीको बर्दिबास नगरपालिका–१२ का ४ जना र भंगहा नगरपालिकाको वडा नम्बर ६ र  ७ मा   ९  जना गरी १३ जनाको मृत्यु भएको छ ।

यसैबिच

पीडित परिवारलाई किरियाकर्म खर्चबापत प्रतिपरिवार जनही  १-१ लाख दिने  प्रदेश सरकारकाे  घोषणाकाे  अहिले  चाैतर्फी विराेध भइरहेकाे छ ।

समाजिक सञ्जाल मार्फत धेरैले सरकारले मदिरा सेवनलाइ प्राेत्साहित गरेकाे हाेकी निरूत्साहित गरेकाे हाे भन्दै   सरकारको ब्याङ्ग्य गरेका छन् ।

जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले मुख्यमन्त्री लालबाबु राउतले एकतर्फी रूपमा घोषणा गरेर खुल्ला मदिरा मुक्त प्रदेश, अर्कोतर्फ मदिरा सेवनलाई प्रोत्साहन दिने उद्देश्यले राहत वितरण गर्नु  भनेकाे प्रदेशकाे निर्णयमाथि प्रहार गरेकाे बताए   ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button