सरकारले फेरि लकडाउन १५ दिन थप्ने बढाउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा छिमेकी मुलुक भारतमा र नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको कुरालाइ ध्यानमा राख्दै चाैथाे पटक लकडाउन थप्ने बिषयमा छलफल भएको छ ।
स्रोतका अनुसार कोरोनाभाइरसले जुनसुकै बेला पनि महामारी हुनसक्ने भन्दै नेपाल जस्ताे श्राेतसाधन कम भएकाे मुलुकमा महामारीबाट बच्न लकडाउन बाहेक अन्य कुनै विकल्प नरहेकाेले जेठ १० गते सम्म लकडाउन थप गर्नुपर्ने बिषयमा छलफल भएको जनाइएको छ । तर बैशाख २५ पछि अहिलेकाे लकडाउनकाे अवस्थामा केही खुकुलाे गरिदै लान सकिने बताइएकाे छ ।
आइतबार एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७५ पुगेकाे जनाउदै सरकारले थप सतर्कता अपनाएको छ ।