लकडाउनसँगै ढल्केवरको आँखा अस्पताल बन्द, आँखाका रोगी रोग पाल्न बाध्य



ढल्केवर– लकडाउनसँगै धनुषाको ढल्केवरमा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र बन्द भएपछि आँखाका रोगीलाई समस्या भएको छ ।


रेयूकाई एईको मासुनागा आँखा अस्पताल काभ्रेप्लानचोकले ढल्केवरमा सञ्चालनमा ल्याएको आँखा उपचार केन्द्र लकडाउन सुरु भएदेखि नै बन्द छ । उपचार केन्द्र बन्द भएपछि आँखाका रोगी रोग पाल्न बाध्य छन । बन्द भएदेखि नै उपचारका निम्ति आउने दिनहुँ ७ देखि १० जना आँखाका बिरामी फर्किने गरेको स्थानीय एक व्यक्तिले बताए ।

अहिले मौसमा बदलाब आएसँगै आँखा रातो हुने, चिलाउने जस्ता आँखाका रोगीहरुको संख्या बढ्को छ भने पुराना रोगीहरु पनि उपचार नपाएर निकै मारमा परेका छन् ।

आँखाका एक रोगीले औषालयबाट भनेको भरमा खरिद गरेको औषधी एक सातादेखि प्रयोग गरेपनि निको नभएको बताए । अन्त जाउँ भने सवारीसाधन चलेको छैन, कोरोनाभन्दा अहिले आँखाकै रोग जटिल भएको उनले जनाए ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र न्यूनिकरण गर्न देशमा लकडाउन गरेको भएपनि स्वास्थ्य संस्थालाई सहजरुपमा सेवा सुविधा उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

लकडाउन र भाइरस सर्न सक्ने सम्भावितक कारण देखाएर आँखा उपचार केन्द्र बन्द गरिनु बदमासी भएको स्थानीय बासीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button