बर्दिवासमा १७ शैयाको आईसोलेशन सहित ३८ शैयाको क्वारेन्टाइन वार्ड तयारी अवस्थामा



मेरो प्रदेश सम्वाददाता
बर्दिवास


विश्वव्यापीे रुपमै फैलिएको कोरोना भाइरसको माहामारीबाट नागरिकलाई जोगाउन महोत्तरीको
बर्दिवास १ स्थित बर्दिवास सेवा समितीको बहुउपयोगी भवनमा बर्दिवासका निजी तथा सरकारी अस्पतालले २ जना चिकित्सक, २ जना स्टाफ नर्स र २ जना अहेब सहित १७ शैयाको आईसोलेशनवार्ड तयारी अवस्थामा राखेको छ, भने क्षिन्न मस्ता शसस्त्र प्रहरी बाहिनी प्रदेश नम्बर २ बर्दिवासले पनी ३ जना चिकित्सक सहित ३८ शैयाको क्वारेन्टाइन वार्ड
तयारी अवस्थामा राखेको छ ।
बर्दिवासमा केहि दिन अघि मात्र भारतको कोलकत्ताबाट फर्केका पाँच जना स्थानियलाई समेत आ – आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीका ११ भारतीय सीमा नाका गत आइतवारदेखी नै बन्द छन । त्यसैगरी महोत्तरीका सबै बजार बन्द गरिएका छन् । बर्दिवासमा सरकारले गरेको ‘लकडाउन’ को स्थानियले पूर्ण पालना गरेकाले सडक र सार्वजनिक स्थानहरु सुनसान देखिएका छन । यसैगरी कोरोना संक्रमणबाट जोगिन र नागरिकलाई सचेत रहन बर्दिवास अस्पतालका चिकित्सक डाक्टर अनिल फुयाँलले सुभाव दिएका छन ।
हेर्नुहोस यो भिडियो क्लिप्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close