प्रेममा शर्त किन हुनु हुदैन ? एउटा प्रेरक कथा



“बा-आमा, म घर फर्किंदैछु तर तपाईहरूबाट एउटा सहयोगको अपेक्षा गरेको छु ।” ति अधिकारीले घरमा आफ्ना बा-आमालाई फोन गरेर भने, “मसँगै मेरो एकजना साथीलाई पनि घरमा लिएर आउन चाहन्छु ।”


“भईहाल्छ नि”, बाले उताबाट फोनमा भन्छन्, “हामी पनि उसलाई भेट्दा खुशी नै हुन्छौं नि ।”

“तर तपाईहरूले एउटा कुरा थाहा पाउन जरूरी छ” सेनाका अधिकारीले आफ्ना बासँग भने, “लडाईमा ऊ सख्त घाईते हुन पुग्यो । ऊ एम्बुसमा पर्यो । उसले आफ्नो एउटा हात र एउटा खुट्टा गुमाउन पुग्यो । उसको जाने ठाउँ अन्त कतै छैन, त्यसैले उसलाई म आफूसँग लिएर आउन चाहन्छु ।”

बा भन्छन्, “यो सुनेर मलाई दुख लाग्यो बाबू तर हामी उसको लागि बस्ने अन्यत्र कतै आश्रम जस्तो ठाउंमा व्यवस्था गरिदिन सक्छौं नि ।” बाको बोलीमा एक किसिमको झिँजो थियो ।

उनी भन्छन्, “होईन, बा-आमा म चाहन्छु कि ऊ हामीसँगै बसोस् ।”

बाले भने, “बाबु तँलाई थाहा छैन तँ के माग्दैछस् । हातखुट्टा नै नभएको मान्छे हाम्रो लागि पछि ठूलो बोझ हुन जान्छ । हामीले आफ्नै जिन्दगी बाँच्नुपर्छ र जानाजान त्यस्तो कठिनाईको जिम्मा लिनुहुन्न । बाबु, उसले आफ्नो व्यवस्था गर्छ, तँ चाहिँ घर आईज ।”

बाको यति कुरा सुनेपछि उसले फोन राखिदिन्छ । भोली पल्ट घरका लागि हिडेर केहि दिनमा उ घर पुग्नु पर्ने हुन्छ तर उ घर पुग्दैन । उसका बा-आमा निकै दिन उसको आगमनको आशा गर्छन् । उ नआए पनि उसको फोन आउला भन्ने प्रतिक्षामा हुन्छन् तर कैयौं दिनसम्म फोन आउँदैन ।

केही दिनपछि ती सेनाका बा-आमालाई प्रहरी कार्यालयबाट फोन आउँछ । उनीहरूको छोराको एक अग्लो भवनबाट खसेर निधन भएको र प्रहरीले आत्मह*त्या हुनसक्ने बताउँछ । बज्रपात परेका बा-आमा तुरून्तै छोरा रहेको शहर जानका लागि हिंड्छन् र मू*र्दाघरमा शव पहिचान गर्न पुग्छन् । उनीहरूले आफ्नो छोराको शव चिन्नलाई जसै लास राखिएको बाकस खोल्छन् तब देख्छन् कि उनीहरुको छोराको लासमा एउटा हात र एउटा खुट्टा छैन ।

उनीहरुलाई बुझ्न गाह्रो पर्दैन कि छोरोले घाइते भनेको साथी अरु कोही थिएन, स्वयम उ आफै थियो । बाआमाले घाइतेले अरुको जीवन बोझ बनाउँछ भनेको सुने पछि उसको जीवन र आफन्तप्रतिको भरोसा टुट्यो सायद ।

फलत: उसले निराशामा आत्मह*त्या गर्यो ।

नैतिक सन्देश

यो कथामा भएका बा-आमाले हामी धेरै जनालाई प्रतिविम्बित गर्छन् । जो राम्रो/सग्लो देखिन्छन्, जोसँग हामी रमाईलो गर्न सक्छौं, हामी उनीहरूलाई प्रेम गर्न सजिलो मान्छौं तर हामीलाई असहज लाग्ने मानिस जो स्वस्थ/सुन्दर/बाठा छैनन्, उनीहरूबाट हामी टाढै बस्न चाहन्छौं । हामी आवश्यकताले प्रेरित भएर प्रेम गर्छौं । सशर्त प्रेमले आफ्नो र बिरानो छुट्याउँछ र यसले जीवनमा कहिलै नदिएको पिडा पनि दिन्छ ।

धन्य कोही छ, जसले हाम्रो कमजोरीको बाबजूद पनि हामीलाई नि:शर्त प्रेम गर्छन् । जसले हामीलाई सधैं रेखदेख गरिरहन्छन् । कतै तपाई जस्तो अवस्थामा पनि आफ्नो रेखदेख गर्ने त्यो “कोही” भगवान हो भनेर त सोच्दै हुनुहुन्न ? होइन, त्यो व्यक्ति तपाईं हो । आफैलाई हेर्नुस् । आफुले आफुप्रति राखिने संवेदनाहरुको चिन्नुहोस् । आफूभित्र करूणा र प्रेमको खानी भेट्दा स्वर्गीय आनन्द यहीँ प्राप्त गर्नुहुन्छ ।

माथि प्रस्तु कथा के.सी. बिक्रमको फेसबुक प्रोफाइलबाट साभार गरिएको हो । उहाँले यो कथा अन्य कथाहरुबाट भावानुवाद गरेको बताउँनु भएको छ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

  साभार उज्यालाे पाटाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button