सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ



सिरहा- प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।


बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

साभार खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button