यस वर्षकाे महामुर्ख बने मुख्यमन्त्री लालबाबु राउत

यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई प्रदान गरिएकोे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।
प्रदेश २ सांसदहरु परमेश्वर साहलाई भभकौवा, रामाशीष यादवलाई हराशंख, मनिष सुमनलाई पट्टमूर्ख, रामचन्द्र मण्डललाई सिलौटशंकर र जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरीको उपाधि दिइएको छ ।
यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोतरी पिपरा गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई खापसूरत, साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, कवियित्री पुनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीटको उपाधि दिइएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको थियो ।
साभार राताेपाटी