पनिर चिल्ली यसरी बनाउनुस्



पनिरबाट धेरै परिकार बनाउन सकिन्छ । पनिर प्रायः ब्रत बस्नेहरुले पनि खाने गर्छन् । यसलाई हिन्दु सस्कृति अनुसार चोखो पनि मानिन्छ । तर यसको बस्ना सबैलाई मन नपर्न पनि सक्छ । त्यसैले यसलाई विभिन्न तरिकाबाट बनाउन सकिन्छ ।


चाहिने सामग्री

आफूले कति पनिरको पनिरचिल्ली बनाउन लागेको हो त्यो पनिरलाई बराबर पारेर टुक्रा बनाउने । स्वाद अनुसारको नुन तेल तथा अन्य मसला तथा प्याज, लसुन, गोलभेँडा टिम्मुर, सोया सस्, केचप तथा अन्य जे आफूलाई मन लाग्छ । पनिर चिल्ली बनाउँदा पहिला पनिरलाई तेलमा फ्राईगर्न सकिन्छ ।  यसो गर्दा पनिर पछि टुक्रिदैन ।

बनाउने तरिकाः

एउटा भाँडामा तेल तताउने । तेल तातेपछि त्यसमा प्याजलाई रातो हुने गरी पकाउने प्याज रातो भएपछि गोलभेँडा हालेर राम्रोसँग पेस्ट जस्तै बनाउनुपर्छ ।
त्यसपछि फ्राई गरेको पनिर लाई त्यहीँ राखेर राम्रोसँग चलाउनुपर्छ । त्यसपछि आफ्नो स्वाद अनुसार सबै मसलाहरु राखेर राम्रो सँग चलाउनुपर्छ । त्यसपछि भेडेखुर्सानी,प्याज गोलभेँडालाई चाना बनाएर त्यसमाथि केचप राखेर राम्रोसँग चलाउनुपर्छ । एकछिन् पकाए पछि पनिरचिल्ली बन्छ । यो जे सँग पनि खान सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button