बेलायतमा पनि काेराेना २ काे मृत्यू २०९ जना संक्रमित



विश्वभर काेराना फैलीरहदा बेलायत पनि यसबाट अछुताे रहन सकेकाे छैन ।  बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने हिजाेसम्म संक्रमितको संख्या २०९  बीबीसीले जनाएकाे छ ।  उसकाे अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्तरी आयरल्याण्डमा ७ र वेल्समा २ जना संक्रमित भएका हुन् । बेलायतमा हालसम्म २१ हजार ४ सय ६० जनाले कोरोना भाइरसको परीक्षण गरेका छन् । बेलायत सरकारले सम्भावित महामारी न्यूनीकरणकालागी तयारीलाइ तीब्र पारेकबाे छ ।
सरकारले त्यहाँका  सर्वसाधारणलाई  २० सेकेन्ड निरन्तर मिचेर हात धुन अपील गरेकाे छ भने  । पब्लिक हेल्थ इंग्ल्याण्डले साबुन र पानी नभएकाे ठाँउमा  ६० प्रतिशत अल्कोहल रहेको हयाण्ड सेनिटाइजर प्रयोग गर्न भनेकाे छ ।  त्यसैगरी  सार्वजनिक यातायात चढेपछि हात धुन विशेष महत्वपूर्ण हुने भएकाले यसमा चनाखो रहन पब्लिक हेल्थले बताएकाे छ ।
आपतकालीन अवस्था आइपर्ने त्रासले  गर्दा  मानिसहरुले ब्रिटेनमा मास्क, हयाण्ड स्यानीटाइजर देखि ट्वाइलेट पेपर ओभर स्टक गरिदिँदा त्यहाँ ती सामानकाे अभाव देखिएकाे बीबीसीले जनाएकाे छ ।

डिसेम्बर महिनाबाट चीनको हुबेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट हाल विश्वभर करिब एकलाख जना संक्रमित भइसेका  छन् भने ३ हजार ४ सय बढीको ज्यान गुमाइसकेा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button