यसरी पकाउनुहोस ‘चिकेन अफ्रिटाडा’



मासु पकाउन, खान तथा स्टोर गर्न नजान्दा समेत पाकेको मासुले हाम्रो शरिरमा असर गर्न सक्छ। त्यसैले मासु किन्दा, पकाउँदा र खादाँ सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरु जोड दिने गर्छन्।यस्तै मासुको सौखिन भएर पनि हामी मध्ये धेरै मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौँ।


यदि तँपाई मासुको पारखी हुनुहुन्छ र उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउन चाहानुहुन्छ भने तँपाईलाई आज हामी बिलकुलै नयाँ परिकार बनाउन सिकाउँदै छौँ।हामीले तँपाईलाई बनाउन सिकाउन लागेको परिकारको नाम हो ‘चिकेन अफ्रिटाडा’ ।‘चिकेन अफ्रिटाडा’ फिलिपीन्सको एक प्रसिद्ध परिकार हो। आज हामी एक जना सेफको सहयोग मार्फत तँपाईलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।

तयार गर्ने अवधिः ३० मिनेट पकाउने अवधिः ३० मिनेट
आवश्यक सामग्रीःसाना टुक्रामा काटिएको हडिड् नभएको ११५ ग्राम कुखुराको फलमासु २ चम्चा सोय सस आधा स्लाइस कागती (रस)२ पाउण्ड मटनको कलेजो ५ चम्चा ओलिभ ओइल २ पिस आलु (चौथाइ काटेको) १ पिस प्याज (चप गरिएको) लसुन २ पोटी (पिसेको) २ पिस ठूला टमाटर (मसिनो पारेर काटेको ) एउटा हरियो भेडे खुर्सानी (टुक्र्याइएको) नुन र मरिच (स्वाद अनुरुपको मात्रा लिने)

पकाउने विधि

१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

४. सोय सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६. भाँडामा पुन ताजा पानी भरेर चिकेन कलेजोलाई

५ मिनेट उमाल्ने।

७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८. ३ चम्चा ओलिभ ओइललाई मन्द आँचमा बसालेको तावामा तताउने र आलुलाई रातो हुने गरी ७ देखि १० मिनेटसम्म फ्राइ गर्ने।

९. पेपर टावल बिछ्याइएको प्लेटमा आलुलाई खन्याउने।

१०. अझ २ चम्चा ओलिभ ओइललाई तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११. त्यसमा हड्डीरहित चिकेन तथा कलेजो हाल्ने र छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२. आलु र भेडे खुर्सानी पनि तावामा थपेर नुन र मरिचले छर्केर अर्को ५ मिनेट पकाउने।त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button