चार घण्टा लगाएर प्रधानमन्त्रीकाे सफल मृर्गाैला प्रत्याराेपण



प्रधानमन्त्री केपी   शर्मा अाेलीकाे   दाेस्राे पटककाे   मिर्गौला प्रत्यारोपण सफल  भएकाे छ ।  शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि सुरू गरिएकाे मृर्गाैला  प्रत्यारोपण गर्न चार घण्टा लागेकाे थियाे ।


प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेकाे छ ।  मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरबाट पोस्ट अप्रेसन वार्डमा  सारिएकाे छ ।

बुधबार ४ घण्टा ४० मिनेट समय लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियाे । प्रत्यारोपणको १५ मिनेटमा पिसाप लागेमा प्रत्यारोपण भएको सफल मानिन्छ ।

प्रत्यारोपणमा संलग्न प्राडा प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीलाई १५ मिनेटभित्रै पिसाव लागेको र प्रधानमन्त्रीले अाधा लिटर पिसाब गरेकाे  जानकारी दिए।

प्रधानमन्त्री ओलीलाई उनकै भान्जी पर्ने  समीक्षा संग्रौंलाले मिर्गौला दिएकी थिइन्  ।  यसअघि उनले भारतको एपोलो अस्पतालमा १२ पहिले  पहिलोपटक मिर्गौला प्रत्यारोपण   गराएका थिए  ।  यो सँगै  प्रधानमन्त्रीसँग चारवटा मिर्गौला भएका छन्। प्रधानमन्त्रीलाइ १२ जनाले मृगाैला दिने इच्छा व्यक्त गरेका थिए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button