अाज दिउंसाेदेखि माैसममा बदली



मौसम पूर्वानुमान महाशाखाले  मंगलबार दिउँसो देखि देशकाे पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुने अनुमान गरेकाे छ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुने महाशाखाले जनाएकाे छ ।


यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ भने , मध्य र पूर्वी पहाडी भूभागका एकदुइ स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित  भारी वर्षाको सम्भावना रहेको छ ।

राति  देशको पूर्वी तथा मध्यपहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button