घरमै बनाउन सकिन्छ स्वादिष्ट साँधेको चाउमिन

नुडल्स मध्ये चाउमिन बनाउन सजिलो, खाँदा मिठो र पाहुनालाई पस्किनको लागि पनि उपयुक्त हुन्छ । धेरै मानिसहरुको अत्यधिक रोजाइमा पर्ने यो परिकार घरमा पनि सजिलो तरिकाले पकाउन सकिन्छ । यहाँ साँधेको चाउमिन बनाउने तरिकाको चर्चा गरिएको छ ।
आवश्यक सामग्री
चाउमिन, टमाटर, प्याज, गाँजर, क्याप्सिकम
रातो धुलो खुर्सानी, नुन, टमाटर सस, सोया सस
विधि
एउटा भाँडोमा पानी बसाल्ने ।
त्यो पानी उमालिसकेपछि त्यसमा चाउमिन राखेर उमाल्ने ।
चाउमिन दुई मिनेटसम्म उमाल्ने र एउटा जालीले छान्दै चाउमिन निकाल्ने ।
चाउमिनमा थोरै तेल राखेर चलाउने, यसो गर्दा चाउमिन डल्लो पर्दैन ।
अब एउटा प्यानमा तेल तताउने ।
त्यसपछि चाउमिन राखेर चलाउँदै एकछिन पकाउने ।
अब चाउमिनलाई एउटा भाँडोमा राख्ने र त्यसमाथि प्याज, टमाटर, क्याप्सिकम, नुन, सस, खुर्सानी राख्ने ।
त्यसलाई काँटा चम्चाले राम्रो संग चलाउने ।