घरमा पनि रेस्टुरेन्टमा बनाएको मटर पनिरकै स्वादमा बनाएर खानुहोस

पनिर शाकाहारीकालागी मत्र नभई जोकोहीको लागीपनी मनपर्ने खानाहो घरमा सामान्य रुपले बनाउने पनिर लाई रेस्टुरेन्टमा बनाइएको महगो परीकार भन्दा घरमै अझ स्वादिष्ट परिकार बनाएर खान सकिन्छ ।
सामान्य विधिमा केही कुरा जोड्न सकियो भने घरमा पनि रेस्टुरेन्टमा बनाएको मटर पनिरकै स्वादमा बनाएर खान सकिन्छ ।
आवश्यक सामग्री
हरियो मटर, पनिर
टमाटर, प्याज, लसुन, अदुवा
दही, तेल, धनियाँ, बेसार, खुर्सानी
नुन, जिर र धनियाँको दाना, गरम मसला
विधि :
एउटा भाँडोमा तेल तताउने र जिरा धनियाँ फुराउने ।
त्यसपछि लसुन, अदुवा पनि फुराउने र चलाउने ।
त्यसपछि त्यसमा प्याज, गरम मसला, प्याज राखेर फ्राई गर्ने ।
अब त्यसमा टमाटर राखेर चलाउँदै पकाउने ।
त्यसपछि त्यसलाई निकाल्ने र मिक्सरमा मिक्स गर्ने ।
मिक्स भइसकेपछिको ग्रेभीलाई तातिरहेको भाँडोमा राख्ने र पानी पनि थप्ने ।
अब त्यसमा मटर राखेर चलाउने ।
त्यसपछि त्यसमा पनिर राख्ने र संगै नुन, रातो खुर्सानी पनि राख्ने ।
त्यसलाई चलाउने र केही छिन छोपेर पकाउने ।
केही छिन पछि त्यसमा दहि र धनियाँ मिलाएर चलाउने ।