मासु नखानेलाई स्वादिलो परिकार



आफ्नै घर करेसामा भएका तरकारी टिपेर पकाउन मन छ भने आउनुहोस् हामी तपाइलाई शाकाहारी तरकारी पकाउन सिकाउँछौँ


पकाउन लाग्ने समय २० मिनेट
२५ ग्राम दही
३० ग्राम धनियाँको धुलो
३० ग्राम सनफ्लावरको तेल
१ वटा ठूलो प्याजलाई मसिनो टुक्रा बनाउने
१ चम्चा अदुवाको टुक्रा
बिया निकालेर काटेको एउटा हरियो खुर्सानीे
१ चम्चा बेसारको धुलो
१ चम्चा गरम मसला
२ सय ५० ग्राम पहेलो मटर
तातोपानी
२ सय ५० ग्रामको ब्रो काउली –काटेको)
२५ ग्राम धनिया

माथिको सामानहरू तयार भएपछि
दही र धनियाँलाई फ्राई प्यानमा १ मिनेटसम्म पकाउने। पाकेको बास्ना आउने बित्तिकै ग्यासबाट निकालेर एक ठाउँमा राख्ने।

एउटा ठूलो फराकिलो प्यानमा तेल तताउने र प्याज, लसुन, अदुवा र खुर्सानीलाई फ्राई गर्ने।

अघि तयार पारिएको दही र धनियाँको मिश्रणमा बेसार र गरम मसला हाली २ मिनेट फ्राई गर्ने।

त्यसमा पहेँलो मटर हाल्ने। मटर हालिसकेपछि ३ सेमी छोप्नेगरी तातोपानी हाल्ने। नछोपी बीचबीचमा हल्का चलाउँदै २० मिनेटसम्म उमाल्ने।

यदी सुख्खा देखियो भने त्यसमाथि पानी थप्ने। अब ब्रो काउली पनि त्यसैमा मिसाएर ५ देखि ८ मिनेटसम्म नगलुन्जेलसम्म पकाउने। अब तयारी भएको तातो तातो तरकारीमा धनियाँ हालेर खाने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button