सर्लाहीका उखु किसानले गरे टायर बालेर प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
सर्लाही
गत पुस १८ गते सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्वयन नगरेकाले सहमति अनुसार भुक्तानी नपाएकोमम सर्लाहीका उखु किसानहरुले शनिबार धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।
सरकारसँग गरेको पूर्व सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसानहरुको भनाई छ । अन्नपूर्ण सुगर मिलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी गर्न बाँकी रहेको छ । किसानहरुले पुरानो बाँकी रकम नपाएसम्म उद्योगको मूल गेटमा धर्ना जारी राख्ने बताएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button