हिंसाविरुद्धमा सडक नाटक

राजविराज। समाजमा झागिंएको महिला, घरेलुलगायतका हिंसा र दाइजो, छुवाछुत, बालविवाहलगायतका विकृतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले राजबिराजमा दैनिकजसो सडक नाटक प्रदर्शन हुँदै आएको छ ।
बिहिबारदेखि सुरु भएको सचेतनामूलक सडक नाटक सदरमुकाम राजविराजको २ ठाउँमा प्रदर्शन गरिएको छ । यही नाटक शुक्रबार, शनिबार र आइतबार राजगढ गाउँपालिका–४ स्थानमा प्रदर्शन भएको छ । यो नाटकलाई सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च सप्तरीले मञ्चन गर्दै आएको हो ।
सचेतनामूलक सडक नाटक अभियान शुभारम्भको अवसरमा महिला अधिकारकर्मी आभासेतु सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, डीएसपी तिलक भारतीलगायतले बोल्दै यस्ता सचेतनामूलक सडक नाटकले अपराध तथा विभिन्न खाले विकृति र विसंगति न्यूनीकरणमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
सडक नाटकमा स्थानीय कलाकार जीवदास, विजेता देव, डीपी शास्त्री, रमिला साह, श्रीनारायण ठाकुर, अनिसा ठाकुरलगायत छन् । उनीहरूले अभिनयबाट नाटकमार्फत सामाजिक चेतना फैलाउने काम गरिरहेका छन् ।
आयोजक मञ्चका अध्यक्ष जंगबहादुर सिंहका अनुसार स्थानीय समाजमा बढ्दै गएको लैगिंक हिंसा तथा विभिन्न खाले विकृति र कुप्रथाबाट जोगाउन र सचेत गराउन यस्तो सामाजिक अभियान थालिएको हो ।
नाटक मञ्चन कार्य कोक्यापको सहयोगमा थालिएको हो । सडक नाटक अभियानमा जिल्ला प्रहरी कार्यालय, राजगढ गाउँपालिका, महिला अधिकार मञ्च, मानव अधिकार निगरानी समूहलगायत आधा दर्जन संघसंस्थाले सहकार्य गरेका छन् ।
साभार राजधानी दैनिक