तराइ क्षेत्रमा बाक्लाे हुस्सु र कुहिराे , सतर्क रहन माैसम पूर्वामानुमान शाखाकाे अनुराेध



अहिले   बिहान  देशको तराई क्षेत्रमा  बाक्लाे  हुस्सु र कुहिरो लागेको छ , भने पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मैसम पूर्वानुमान शाखाले जनाएकाे छ ।


मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु  र कुहिरो लागेको छ। पूर्वी तराईका हुस्सु र कुहिरो दिउँसो १/२ बजे पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु र कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना नरहेको मौसमविद् बासीले बताइन्।

जसले गर्दा तराई क्षेत्रमा अहिले  अत्यधिक  चिसो बढेकोले त्याँहाकाे जनजीवन निकै कष्टप्रद बनेकाे छ । केही दिन अगाडी  भएको वर्षाको पानी वाफ बनेर उड्ने भएकाले तराई क्षेत्रमा हुस्सु र कुहिरो बढेको    मैासम पूर्वानुमान शाखाले जनाएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाले  आइतबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराई भूभागमा हुस्सु र कुहिरो लाग्ने  सम्भावना  रहेकाले  चिसोबाट बच्ने उपाय अपनाउन तथा  यात्रामा नजान र जानै परे   सतर्कता अपनाउन हुन अनुरोध छ।

यता काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा भने आज घाम लाग्ने सम्भावना छ। आइतबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ सेल्सियस डिग्री छ। पुनः पौने ९ बजे मापन गरिने मौसमविद्ले बताएका छन्।

सोमबार बेलुकीबाट पुनः पश्चिमी वायु

भोलि अर्थात् सोमबार बेलुकीबाट भने पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना छ।

मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभावले सोमबार बेलुकीबाट पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ भने तराई क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

‘सोमबार बेलुकी प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली पहिलेको जस्तो सशक्त खालको छैन, त्यसैले यसको असर काठमाडौंसम्म पनि आइपुग्दैन,’ उनले भनिन्, ‘पश्चिमी क्षेत्रमा मात्र यसले प्रभाव पार्ने देखिन्छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान : 
पुस २७ गते (आइतबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागहरुमा हुसुरकुहिरो लाग्ने  सम्भावना  छ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुसुरकुहिरो लाग्ने  सम्भावना  छ।

राति : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म  हिमपात हुने सम्भावना छ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभामा आंशिक बदली  रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म  हिमपात हुने सम्भावना छ।

राति : देशका पश्चिमी भूभागमा  सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button