विद्यार्थी नेताहरुले प्रचण्डलाई भेटेरै भनेः अन्यायपूर्ण एकता स्वीकार गर्दैनौँ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भई नेकपा बनेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुको एकता नटुंगिँदै विवाद सुरु भएको छ। Image may contain: text

लामो कसरतपछि अनेरास्ववियुले एकता शुक्रबार टुंगिएको थियो।उनीहरुले शनिबार दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पूर्व क्रान्तिकारीका तर्फबाट सहसंयोजक रञ्जित तामाङले एकलौटी रुपमा नाम सिफारिस गरेको भन्दै अन्यायपूर्ण एकता स्वीकार नगर्ने बताएका हुन्।

सो भेटमा सहभागी विद्यार्थी नेताले भने, ‘हामीले हाम्रा असहमतिहरु राखेका छौँ। उहाँले म बोलाएर छलफल गर्छु भन्नुभएको छ।’

पूर्व क्रान्तिकारीका उपाध्यक्षहरु पञ्चा सिंह, दीपक सापकोटा, रविकिरण यादव, प्रदेश १ का संयोजक÷इन्चार्ज मदन भट्टराई, २ का सूर्यनारायण साह, गण्डकीका क्षितिज सापकोटा, प्रदेश ५ का नारायण खनाल र कर्णाली प्रदेशका अम्बराज शाहीले क्रान्तिकारीका पूर्व अध्यक्ष एवं एकतापछिको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले एकलौटीरुपमा नाम सिफारिस गरेको असहमति प्रकट गरेका हुन्।

‘हाम्रो संगठन अखिल (क्रान्तिकारी)का तर्फबाट नयाँ केन्द्रीय समितिमा समावेश नाम अन्यायपूर्ण, एकलौटी र चरम गुटीय मानसिकताका आधारमा गरेको हाम्रो ठहर छ’, प्रचण्डसँगको भेटपछि विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन, ‘दुई वर्ष अगाडि एकताको २१ औँ राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनको मनोविज्ञानलाई आधार बनाइ नयाँ समिति सहसंयोजकले अगाडि बढाउनु भएको छ। संगठनको विधि, पद्दति, सोपानक्रम, क्रिायशील र क्षमतावान साथीहरुलाई पूर्वाग्राही ढंगले पाखा लगाउँदै गरिउको एकता अस्वीकार्य हुने जानकारी गराउँदछौँ।’सो समूहका एक नेताले अन्य थुप्रै साथीहरुको असन्तुष्टि रहेको र कतिपय सक्रिय साथीको नाम हटाएर सहसंयोजक तामाङले आफू पक्षीय नयाँ सदस्यहरुको नाम थपेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button