बिर्सनु त भाको ….नि !

गजल
पुतली कुन्नी दिउँसो कता हुन्छ?
बत्ती बलेपछी मात्रै वरिपरि घुम्छ।
नानी हो! कतै नबोल्नु राम्रो कुरा
फेरि अरिङ्गालको झुण्डले सुन्छ।
माछा मछुवारेभन्दा बाठो हुनैसक्तैन
ऊ आकार बिचारेर जाल बुन्छ ।
यस्तो हुन्छ माटोको माया परदेसिलाई
जहाजबाट ओर्लेर हवाई मैदान चुम्छ।
न्याय माग्दा ज्यान जान सक्छ बुझ्यो
त्यसैले मन्दिर चाहार्दै ऊ मुर्ती छुन्छ ।
अस्तु///
© भाष्कर काजि