‘टुटेको दिल’का लागि खाना !

जब घरमा कुनै आफन्तको मृत्यु हुन्छ, त्यति बेला हाम्रो आफ्नैपनि सास रोकिएला जस्तो हुन्छ । त्यतिबेला न केही खाने होस हु्न्छ न त पिउने नै । के त्यतिबेला खाँदा हाम्रो दुःख कम हुन्छ त ?
भनिन्छ – कसैको मृत्युमा हुने दुःख र तनावलाई कम गर्नका लागि राम्रो खाना सबैभन्दा उपयुक्त साबित हुन सक्छ । अमेरिकाको मध्य पश्चिम राज्य मिनेसोटामा रहने लिन्डसे ओस्ट्रोम जब साढे ५ महिनाकी गर्भवती थिइन् त्यतिबेला उनले प्रिम्याचुअर बच्चाको जन्म दिइन् । उनले बच्चाको नाम एफ्टन राखेकी थिइन् । तर, जन्मेको भोलिपल्टै एफ्टनको मृत्यु भयो । एफ्टनको मृत्युले लिन्डसेलाई शारीरिक र मानसिक रुपमा विक्षिप्त बनायो । उनी रातदिन रोइ रहन्थिन् । दिनभरी आफ्नो घर बन्द राख्थिन् । न केही खान्थिन् न कसैसँग कुरा नै गर्थिन् । दुःखको त्यो घडीलाई याद गर्दै उनी भन्छिन्,“आफ्नो छोरालाई गुमाएपछि मेरोलागि जीवनको कुनै अर्थ नै रहेन । ”
दुःखको समुन्द्रभन्दा बाहिर निस्कन खानाले लिन्डसेलाई मद्यत गर्यो । उनी एउटा फुड ब्लग चलाउँछिन् ।
जसको नाम ‘पिंच अफ यम’ हो ।उनले आफ्नो ब्लगमा भनेकी छन् –कसरी उनको जिब्रोबाट खानाको स्वाद मेटिएको थियो । उनको पेटमा दुःख बाहेक कुनै दोस्रो चिजको लागि ठाउँ नै बाँकी थिएन ।उनी भन्छिन्,“म खुब चहकिलो, मसला भएको र रंग बिरंगको खाना मन पराउँथेँ । तर, त्यस घटनापछि मलाई केवल आलुको सादा सुप या सफेद ब्रेड बटर वा कुनै सादा खाना नै चाहिन्थ्यो ।”
लिन्डसे आफ्ना ती साथी र आफन्तप्रति आभारी छन् जसले त्यो बेलामा उनको घरमा खाना पुर्याए । तर, त्यतिबेला उनलाई खाना खान मन नै लाग्दैनथ्यो ।
उनका साथीहरु उनको घरमा खानेकुरा लिएर आएका थिए । यसको मतलब खानाका लागि उनी पुनः तयार हुन सकून् भन्ने नै थियो ।
लिन्डसे भन्छिन्,“त्यसबेला पाएको खाना मेरा लागि लाइफलाइन भन्दा कम थिएन ।मैले तय गरेँकी एक पटकमा एक बाउल सूप लिनु पर्यो । यसले मलाई यो महसुस भयो कि मेरो भित्र अझै जिन्दगी छ र त्यसलाई बचाई राख्नका लागि खाना खानु जरुरी छ ।”
लिन्डसेलाई महसुस भयो धेरै मेहनेतका साथ बनाएको सामान्य डिशपनि उनको लागि कति बिशेष थियो । उनले आफ्ना साथी र आफन्तबाट ती डिशको रेसिपी सोधेकी थिइन् । र, त्यसलाई उनले आफ्नो ब्लगमा प्रकाशित गरिन् । उनले टुटेको दिलका लागि खाना नामबाट पुरै सिरिज लेखिन् । जसमा उनले बताएकी छन् – कसरी दुःखमा परेको कुनै व्यक्तिका लागि खाना बनाउने ? उनले यो डिशको तस्विरपनि इन्स्ट्राग्राममा प्रस्तुत गरिन् ।जुन केहीबेरमै भाइरल भएको थियो । सो पोस्टमा लिन्डसेले लेखेकी थिइन्,“यो सारा खाना खाएर उनी आफ्नो दुःखबाट बाहिर निस्किन् ।”
अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा न्यूरोलोजीका प्राध्यापक लीसा शलमैन भन्छिन्,“जब हाम्रोमा केही नराम्रो घटना हुन्छ , दुःखको त्यो समयमा हामी धेरै चिन्तामा परेका हुन्छौं । हामी त्यस्तो बेलामा आफैलाई थप दुःख दिने गरी अघि बढेका हुन्छौं । यही कारणले हाम्रो भोक पनि त्यसै हराउँछ ।”
प्राध्यापक शलमैनका पति बिलको जब मृत्यु भयो, त्यतिबेला उनलाई पनि थुप्रै अप्ठेराहरु सामना गर्नु परेको थियो ।
त्यसपछि उनले एउटा किताब लेखिन् ।जसमा उनले दुःखको समयमा हाम्रो दिमागले कसरी काम गर्छ भनेर लेखेकी छन् ।
उनी यो कुरा संझाउन चाहन्थिन् कि दुःखको अवस्थामा हाम्रो शरीरमा के के असर पर्छ र त्यो हालतमा खानाले कसरी हाम्रो मद्धत गर्छ ।
शलमैन भन्छिन्,“जब हामी आफ्ना कुनै धेरै नजिकको व्यक्तिलाई गुमाउँछौं त्यतिबेला हामीलाई अचानक झड्का लाग्दछ । त्यो बेला हाम्रो दिमाग कुनै सुरक्षाकर्मीको जस्तो काम गर्न थाल्छ । हामी भावनात्मक रुपमा कमजोर हुन पुग्छौं । प्राध्यापक शलमैनका अनुसार यो अवस्थाबाट बाहिर निस्कनको लागि हामीलाई आफ्नो यादमा दोस्रो पटक ध्यान दिनु जरुरी हुन्छ ।”
यस्तोमा खानाले बहुत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । उनी भन्छिन्,“दुःखको अवस्थाबाट बाहिर निकाल्नका लागि खाना साँच्चै लाभकारी साबित हुन्छ । म आफ्नो कुरा गरौं त त्यो खाना खान थालेँ जुन मेरो पतिलाई मन पथ्र्यो ।यसले मलाई निकै आराम हुन थाल्यो ।”
केही वर्षअघि जब एमीका पिताको मृत्यु भयो त्यतिबेला खाना नै उनको लागि त्यो औषधी बन्यो जसले गर्दा उनी आफ्नो पिताको नजिक भएको महसुस गर्न थालिन् ।
उनका पिता एक यहुदी–रोमन प्रवासी थिए । जो आर्किटेक्टकोे काम गर्थे । यसका साथै उनी खानाको सानो व्यापारपनि चलाउँथे । त्यहाँ एक खाना थियो जसले एमीलाई आफ्नो पिताको याद दिलाउँथ्यो । त्यो थियो– काँचो प्याज ।
एमी भन्छिन्,“ पिताले अक्सर काँचो प्याज खानाको माथिबाट हालिदिनुहुन्थ्यो ।”यद्यपि एमीलाई काँचो प्याजको स्वाद मन पर्दैनथ्यो । तापनि उनले यो खान शुरु गरिन् । उनी भन्छिन्,“म मेरा पिताको लागि त्यो खान्छु ।”
कुनै मृत व्यक्तिका साथ आफूलाई जोड्नका लागि खाना कुनै नयाँ विचार होइन ।
उदाहरणका लागि प्राचीन रोममा जब कसैको मृत्यु हुन्थ्यो त्यतिबेला एक प्रथा जस्तै शवमा खाना र वाइन हाल्दिने गरिन्थ्यो । हिन्दु धर्मावलम्बीले पनि कसैको मृत्यु भएको बाह्रौं दिनमा भोज गर्ने चलन छ ।
यसैगरी बुद्ध धर्मावलम्बी बहुल देश जापानमा परिवार सुया नामको एक परम्परा पालना गर्छन् ।
यो परम्परामा मृत व्यक्तिको बीचमा राखेर फोटो खिचाइन्छ ।यसका साथै बीचमा एक कचौरा चामल र त्यसमा चपस्टिक ठड्याएर राखिन्छ । मेक्सिकोमा कसैको मृत्यु भएको ९ दिन सम्म तीतो, अमिलो र नुनिलो चिज खान्छन् । यो परम्परालाई नोवेनारियो भन्ने गरिन्छ ।
टेक्सासको बेलर युनिभर्सिटीमा एशोसिएट प्राध्यापक आफड रिलिजन केन्डी कैन भन्छिन्,“चीन जस्तो देशमा मृतकलाई हेर्नका लागि खाना लिएर जाने चलन भएकोमा अहिले त्यसमा केही सुधार आएको छ ।”
उनी थप्छिन्,“पुराना दिनमा मृतकको छेउमा सुन्तला, जापानी फल(राम फल) र सुँगुरको मासु लिएर जान्थे । तर, अब समय बदलिएको छ । त्यसैले मानिसहरु अहिले फ्रेन्च फ्राई, बिग म्याक जस्ता अमेरिकी खाना लिएर जाने गरेका छन् ।”
कुनै कुनै बेलामा त त्यहाँ गएर खाना खानेपनि गरिन्छ । र, अर्को चलन चिहानमा फालिदिने पनि छ ।
पश्चिमी दुनियाँमा यस खालको परम्परा आमरुपमा देखिँदैन । तर, अमेरिकाको दक्षिणी भागमा क्यासरोल राख्ने परम्परा अहिले मानिसहरुले मान्न थालेका छन् ।
प्राध्यापक कैन भन्छिन्,“कतिपय स्थानमा कसैको मृत्युपछि कसैको यादमा क्यासरोल कार्यक्रम अर्थात मानिसहरुको लागि भोजको कार्यक्रम पनि आयोजना गरिन्छ ।
यस्तो बेलामा मृतकसँगको याद ताजा गरिन्छ । सबै जना मिलेर खाना खाइन्छ ।
न्यू अर्लियन्समा यस भोजमा आलु हुने गरेको छ जबकी टेक्ससमा शीट केक राखिन्छ । यसको मतलब कसैको मृत्युपछि पनि तपाई स्थानीय समुदायसँग घुलमिल गरेर बस्न सक्नुस् भन्ने हो ।
प्राध्यापक कैन भन्छिन्,धेरैजसो स्थानमा शोक मनाउने कार्यलाई असामान्य मानिन्छ ।त्यसैले मानिसको प्रयास हुन्छ कि परिवारलाई अघि बढ्न दिइयोस् ।
यो प्रक्रियामा मृत व्यक्तिको साथ खानाको माध्यमबाट जोडिने सम्बन्धको अलग्गै महत्व हुन्छ ।
त्यसले दुःखबाट मुक्ति दिलाउन मद्यत गरिरहेको हुन्छ । (बीबीसी)