राजा वीरेन्द्रको ७४ औं जन्मोत्सव विविध कार्यक्रम गरी मनाइदैं



आज नेपालका दशौं शाहवंशीय राजा वीरेन्द्रको ७४ औं जन्मोत्सव विविध कार्यक्रम गरी मनाइदैं छ । वि.सं. २००२ सालमा जन्मिएका वीरेन्द्र जनताका प्रिय राजा थिए । २०५८ जेठ १९ गते शुक्रबार राती सवा ९ बजे यिनको सवपरिवार सहित हत्या भएको थियो । यिनले पिता महेन्द्रको देहान्त पछि वि.सं. २०२८ सालमा नेपालको शासन सत्ता चलाएका थिए ।


राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र २०४६ सालमा जनआन्दोलनबाट नेपालमा जनताले प्रजातन्त्रको पुनर्वहाली भएको आभास गरेका थिए । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनताको मत जान्न खोजेका न्यायवदी राजा वीरेन्द्रले तात्कालिन समयमा जनमत संग्रहको घोषणा गरेका थिए । यिनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव राखेर विश्व सामु शान्तिप्रेमी राजाको छवि समेत बनाउन सफल भए ।

 

 

 

वीरेन्द्रको विवाह ऐश्वर्या राज्यलक्ष्मी देवी शाह संग भएको थियो । यिनी नेपाली सांगीतिक आकाशमा गीतकार चाँदनी शाहको नामले समेत चिनिन्छिन् । वीरेन्द्रका  युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाह गरी तिन सन्तान रहेका थिए । ज्ञानेन्द्र शाह र धिरेन्द्र शाह गरी यिनका दुई भाइहरु थिए ।

राजदरवार हत्याकाण्डमा सपरिवार सहित यिनको पनि हत्या भएपछि यिनका माइला भाइ ज्ञानेन्द्र शाहले नेपालको शासन गरेका थिए । तथापि बाबु महेन्द्रकै जस्तो सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएपछि भने जनताले २४० वर्षे राजतन्त्रको अन्त्य जनआन्दोलन बाट गरेका थिए ।

राजतन्त्रको अन्त्य भएपनि नेपाली जनताले राजा वीरेन्द्रलाइ आफ्नो प्रिय राजाको रुपमा सधैं सम्झना गरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button