जन्मदिनमै भान्जी उपहार पाउदा सलमानको खुशीको सिमा रहेन



एजेन्सी – अभिनेता सलमान खानले शुक्रबार अर्थात डिसेम्बर २७ मा आफ्नो जन्मदिन धुमधामले मनाएका छन् । उनले आफ्नो ५४औँ जन्मदिन घरपरिवार तथा साथीभाइका साथ मनाएका हुन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमानले आफ्नो जन्मदिनमा एक बिशेष उपहार पाएका छन् ।


उनले आफ्नो जन्मदिनमा नै भान्जी पाएका छन् । सलमानकी बहिनी अर्पिताले छोरीको जन्मदिएपछि उनी मामा बनेका हुन् । उनले आफ्नो जन्मदिनमा आफु मामा बनेका अब बाबु बन्न बााकी रहेको बताए । सलमानले आफ्नो जन्मदिनमा भान्जी उपहार पाउदा निकै खुशी लागेको बताएका छन् ।

उनको भान्जीको नाम आयत राखिएको छ । अर्पिताले छोरीलाई हिन्दुजाअस्पतालमा जन्म दिएकी हुन् । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाएका हुन् ।जन्मदिनमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटे उनको जन्मदिनमा साहरुख खानदेखि कट्रिना कैफ, रणबिर कपुर, दीपिका,सोनाक्षी सिन्हालगायतका कलाकार पनि पुगका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button