लघु कथा



राती सपनामा भाग्यले आएर सोध्यो तलाइ ठग्ने म मात्रै छु कि अरु पनि ???? म चुपचाप बसे , मलाई ठग्ने भाग्य मात्रै थिएन , अरु पनि थुप्रै कुराले ठगेको थियो , बेकारमा भाविलाई मात्रै दोष दिए …………
उसले मलाई हेरेर यति भन्यो आज देखि भाग्य ले मात्र ठग्यो नभन्नु ……….
सबै ले ठगेको कारणले मैले पनि ठगेको भन्दै भाग्य ले महान् रहस्य खोतल्यो ।
मैले आफ्नो भुलका निम्ति भाग्य सँग माफी माँगे, उसले पनि एक पटकलाई माफी दियो ।
पराजित मेरो मुख देखेर भाग्य बसन्त ऋतुको गुलाफ झैं मुस्कुरायो ।
मैले मलाई ठग्ने भाग्य देखि लिएर अरु कसैलाई विश्वास नगर्ने भन्दै , आफ्नै दुनियाको अलौकिक सँसारमा गए ,
हावामा झुन्डिएको थियो , मेरो शरीर , लौकिक दुनियाका मान्छेले जलाएर हेमन्त ऋतुको जाडो मा आगो तापे ………..


शुभ लक्ष्मी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button