पक्राउ परेका चिनियाँ नागरिकहरु संलग्न अपराधबारे नेपाल प्रहरी अनविज्ञ



 


 

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकहरु संलग्न अपराधबारे नेपाल प्रहरीले अनविज्ञता प्रकट गरेको छ । इन्टरपोल बैठकमा चिनियाँ र नेपाली सुरक्षा अधिकारीबीच भएको खबर आदान प्रदानका आधारमा गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै १ एक सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठबाट पक्राय गरिएको प्रहरीले  बुधबा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तर उनीहरु कुन अपराधमा संलग्न थिए भन्ने प्रहरीले स्पष्ट पारेको छैन । उनीहरु सञ्जाल बनाएर साइवर अपराधमा संलग्न रहेको अनुमान गरिएको छ । बुधबार प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु सार्वजनिक गरेको छ ।

७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्पापटप, ९८ थान सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिम कार्ड र ६७ वटा पासपोर्ट प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका सबैलाई अभद्र व्यवहार गरेको कसुरमा अदालतबाट पाँच दिनको म्याथ थप भई अनुसन्धान भइरहेको जनाएको छ । नेपाली र चिनियाँ सुरक्षाकर्मीहरुको टोलीले ती चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो ।

साभार ः सिअाइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button