२ जना बालिकालाई एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको खुलासा



धनुषाको मिथिला नगरपालिका ढल्केबरमा रहेको एक संस्थागत विद्यालयमा अध्यनरत २ जना बालिकालाई एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटनाबाहिर आएको छ ।
ढल्केबरको ढल्केबर एकेडमी बोर्डिङ्घ स्कुलमा मिनी बोडर्समा अध्यनरत एक ७ वर्षकी र अर्की ९ वर्षीया बालिकामाथि सोही बिद्यालयका शिक्षक झापाको पेचीनगर नगरपालिका ३ घर भएका ४३ वर्षका टेकेन्द्र दहालले पटक पटक जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएको हो ।
करणीको घटना घटना बाहिर आएपछी असोज २८ गते टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए शिक्षक टेकेन्द्र हाल ढल्केबर एकेडमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।
हरेक विदाको दिनको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा बालिकाले नमाने धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुबैबालिका र आरोपी शिक्षक टेकेन्द्रको जनकपुर अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछी । आरोपी शिक्षक टेकेन्द्रमाथि जवरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button