सप्तरीका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण देखिएको छ ।


सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुइजना सहित १३ जनामा बुधबार कोरोना संक्रमण भेटिएको छ ।

अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र अर्का एकजना स्वीपरमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

भारतबाट फर्केका राजविराजका एक जना प्रतिष्ठित व्यापारीको अघिल्लो हप्ता कोरोना संक्रमणका कारण मृत्यु भएको थियो भने उनको परिवारका सबैजना तथा उनको पसलमा काम गर्ने २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकका छिमेकीमा समेत कोरोना भेटिएको छ ।

संक्रमण फैलिन नदिन बुधबारदेखि राजविराजमा लकडाउनलाई कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button