जनकपुरमा एक पुरुषको शव पोखरीमा डुबेको अवस्थामा फेला



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरमा नाम थर नखुलेको एक पुरुषको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा उत्तः पुरुषको शव फेला परेको हो ।
सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button