खोटाङबाट भ्रमण वर्षको शुभारम्भ



खोटाङ,
जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ कार्य समितिले खोटाङको दिक्तेलबाट नेपाल भ्रमण वर्षको शुभारम्भ गरेका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण सन् २)२) लाई प्रचारप्रसारमा जोड दिन र प्रवद्र्धन गर्न महासंघको प्रदेश नम्बर १ कार्य समितिले बिहीबार दिक्तेलबाट औपचारिक रुपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
प्रदेश नम्वर १ का १४ जिल्ला, स्याङजा र भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरुको उपस्थितीमा जिल्ला समन्वय समिति दिक्तेलको सभाहलमा महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासले दिप प्रज्ज्वलन गरी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । भ्रमण वर्षको शुभारम्भपछि अतिथिहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड पुगेका थिए . त्यहाँ पुगेका अतिथिहरुलाई नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राईले खादा ओढाई स्वागत गरेका थिए ।
भुलभुले दुधकुण्ड पुगेका अतिथिहरुले भुलभुले, रुवालुङ झरना, झाक्रीवास गुफाको अवलोकन÷भ्रमण गरेका छन् । दुई दिनका लागि आयोजना गरिएको शुभारम्भ कार्यक्रम अन्तरगत शुक्रबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै पर्ने ऐतिहासिक मझुवागढी कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफाको अवलोकन भ्रमण गरिने जनाइएको छ । दिउँसो भने, हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भुमि तुवाचुङ जायाजम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थान भ्रमण गरिने जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ का संयोजक बबि चाम्लिङले बताए । हलेसीमा भ्रमण सकेर दिउँसो पाहुनाहरुलाई विदाई गरिने संयोजक चाम्लिङले बताए ।
पाहुनाहरुलाई दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको चार÷चार तथा अन्य आठ गाउँपालिकाको एक÷एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु समेटिएको फोटो मायाको चिनो स्वरुप प्रदान गरीने छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ कार्य समितिले खोटाङबाट गरेको शुभारम्भ कार्यक्रमले जिल्लामा १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक चाम्लिङले बताए । कार्यक्रम अवधिभर साढे २ लाख खर्च हुने अनुमान गरिएको छ । शुभारम्भ कार्यक्रमपछि भुलभुले पुगेका पाहुनाहरुले आफुले सक्दो प्रचारप्रसार र प्रवद्र्धन गर्नमा आ,आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button