भंगहा मेयर गोल्डकप खेलमा युथ क्लब हेटौंडालाई पराजित गर्दै एपीएफ काठमाडौं फाइनलमा



.मेरा प्रदेशसम्वाददाता
महोत्तरीको भंगहामा जारी मेयर गोल्डकप अन्तर्गत सेमिफाइनल खेलमा एपीएफ काठमाडौं विजयी भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ काठमाडौं विजयी भएको हो ।
हेटौंडालाई ० बिरुद्ध ४ गोलले पराजित गर्दै एपीएफ काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।
ेयस पटक खेलको म्यान अफ दि म्याच एपीएफका कप्तान तथा खेलमा २ गोल गर्न सफल खेलाडी रबि थिङ्गले पाएका छन् र्। थिङ्गलाई नगद पाँच हजार र कप प्रदान गरिएको छ ।
त्रिभूवन आर्मी क्बलले महोत्तरीको बेङ्गखाडी स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल खेलका लागि ठाउँ सुनिश्चित पहिलेनै गरिसकेको छ ।
विजेता टीमले नगद पाँच लाख र उपविजेता टीमले नगद दुइ लाख प्राप्त गर्नेछ ।
एपीएफले आउँदो शनिबार त्रिभूवन आर्मी क्लबसँग फाइनल खेल खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button