महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी



मेरो प्रदेशसम्वाददाता


महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
बुधबार भएको खेलमा बेङ्गखाडी युवा क्लब महोत्तरीलाई पराजीत गर्दै विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको हो ।
विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले बेङ्गखाडी युवा क्लब महोत्तरीलाई
पराजित गर्दै आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा आर्मीले जित हात पारेको हो ।
बेङ्गखाडी युवा क्लब महोत्तरीलाई पेनाल्टीमा पराजित गर्दै आर्मीले ५–३ गोल अन्तरले आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो ।
बुधवारको खेलको ‘म्यान अफ दि म्याच’ आर्मीका कप्तान टेक बहादुर बुढाथोकी भएको छ । आर्मीका कप्तान बुढाथोकीलाई नगद ५ हजार सहित म्यानअफदी म्याच प्रदान गरिएको छ ।
बिहीवार उपाधीका लागि एपीएफ र विजय युथ बिच प्रतिस्पर्धा हुँदै छ ।
बिहीवार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ २४ गते शनिबारका दिन आर्मीले प्रतिस्पर्धा गर्ने आयोजक भंगहा नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button