नेपाली क्रिकेटर लामिछाने पाकिस्तान सुपर लिगको पहँगो खेलाडीमा समावेश




नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा पर्नुभएको छ । लिगको प्लाटिनम वर्गमा उहाँको नाम समावेश गरिएको छ ।


पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।
सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् ।

केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्ने छ ।


प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलरसम्म खरिद गर्न सक्ने छन् ।

यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरीकी डलरदेखि १ लाख ३ हजार अमेरीकी डलर बिच रहने छ । यस वर्षको पीसीबी लिग फेबु्रअरीको मध्यबाट मार्चसम्म गर्ने तालिका रहेको छ ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button