टोटनह्याम इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा




टोटनह्याम इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गर्दै टोटनह्याम प्रतियोगिताको फाइनलमा पुगेको हो ।


गएराति घरेलु मैदानमा भएको खेलमा सुरुआती १२ औं मिनेटमै सिसोकोको गोलमार्फत टोटनह्यामले अग्रता बनाएको थियो । दोस्रो हाफमा सन ह्युङ मिनले दोस्रो तथा निर्णायक गोल गर्नुभयो ।

८४ औं मिनेटमा मिडफिल्डर पेलेन्डा डा सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्डले १० खेलाडीमा रहेर खेल सकाएको थियो ।

टोटनह्यामले उपाधिका लागि आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच ओल्ड ट्राफोटमा खेल हुँदैछ ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button