इंग्ल्यान्ड जितको आशमा



एजेन्सी


म्यानचेस्टर — इंग्ल्यान्ड चौथो दिनको समाप्तिमा २ सय १९ रनले अगाडि भएसंगै वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पाँचौ तथा अन्तिम दिन सोमबार जितका लागि प्रयास गर्नेछ ।

उसले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटमा ३७ रन जोडेको थियो । यसअघि फलो अन बचाएको वेस्ट इन्डिज २ सय ८७ रन बनाएर अलआउट भएको थियो ।
स्टुवार्ट ब्रोडले १४ बलको अन्तरमा तीन विकेट लिएपछि इंग्ल्यान्ड जितको सम्भावना कायम राख्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close