फिफा वरियतामा नेपाल १७० औँ स्थानमा रहन सफल



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
विश्व कप फुटबलको बरियतामा नेपाल यथावत रहन सफल भएको छ ।


विश्व कप फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहन सफल भएको हो । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा समेत नेपाल १७० औँ स्थानमा यथावत रहेकोे छ ।

गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपालभन्दा भारत र माल्दिभ्स अगाडि रहेको छ ।

नेपाल तेस्रो स्थानमा छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button