पुलिसद्धारा सुदूरपश्चिम–११ ३–१ गोल अन्तरले पराजीत



रितिक अधिकारी
सर्लाही


चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गतको आजको खेलमा विभागिय टिम नेपाल पुलिस क्लबद्धारा सुदूरपश्चिम–११ सुदूरपश्चिम ३ (१गोल अन्तरले पराजीत भएको छ ।
विभागिय टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११ बीच भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम–११ सुदूरपश्चिम ३(१गोल अन्तरले पराजीत गर्दै प्रतियोगिताको फाईनल यात्रा गरेको हो ।
दिउँसो साँढे ३ बजेदेखी बागमतीनगरपालिका ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति मैदानमा प्रतियोगीतामा सुरु भएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताए । ब्वाईज युनियन क्लब काठमाडौं र नव जनजागृति युवा क्लब सिमरालाई हराएको पुलिस तथा बाईमा परेका कारण एनआटी क्लब काठमाडौंलाई हराउँदै सेमिफाईनल पुगेको सुदूरपश्चिमबीच कडा प्रतिष्पर्धा भएको हो ।


चैत २ गते फाईनल खेल हुने प्रतियोगिताको उपाधी विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजक बागमती नगरपालिका खेलकुद विभाग प्रमुख दिपक लामालाई उदृत गर्दै बागमतीबाट मेरो प्रदेश टि भी का सहकर्मी रितिक अधिकारीले जानकारी दिए । प्रतियोगितामा भारतको दुई सहित १२ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button