कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्नेहरु छटपटाए प्रवक्ता श्रेष्ठ



रितिक अधिकारी
सर्लाही
भातृत्व,मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्व पुर्ण क्षेत्र रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता तथा पुर्व उप प्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । सर्लाहीको बागमती नगरपालिका ११ मा बिहीबारबाट सुरु भएको प्रदेश नं. २ कै सर्वा्धिक धनराशीको फुटबल प्रतियोगीता चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगीताको उद्धघाटन गर्दै पार्टी प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन ।
उनले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेद रहेको समयमा राष्ट्रिय एकता तथा भातृत्व जगाउने काम खेल क्षेत्रले गर्नेे बताए ।
खेलाडीहरुले देशको इज्जत,प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीहरुलाई सम्मान गर्ने काममा नेपाल सरकार लागि परेको भन्दै उनले अहिलेको सरकार देश विकाशको काममा तिब्रगतीमा लागेकोले विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफुहरुले स्विकार्न नसक्ने बताए ।
उनले सर्लाहीको बागमती नगरपालिका नगर प्रमुखले नगरको विकास तिब्रगतमिा गरेको भन्दै नगर प्रमुख भरत कुमार थापालाई विकास निर्माणका काममा भाँजो हाल्ने शक्तिहरुमाथी आफुले सबै शक्ति प्रयोग गर्न बाध्य हुने प्रस्ट पारे । अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षीहरु अतालीएको भन्दै उनले देश विकासमा अवरोध गर्ने आफ्नै पार्टीको नेता तथा कार्यकर्ता भएपनि उ कम्युनिष्ट हुन नस्कने प्रस्ट पारे । नेकपा सर्लाहिका इन्चार्ज डाचाराज बाग्लेले मानविय संकटको रुपमा कोरोना भाईरस सृजना भएको भन्दै खेल क्षेत्रलाई राजनिती मुक्त बनाउन आग्रह गरे ।
बाग्मती नगरपालिकाका प्रमुख भरत कुमार थापाले ७ सय ५३ स्थानिय निकाय मध्ये सर्लाहीको बागमती नगरपालिका खेल क्षेत्रमा निकै अगाडी बढेको र भोलीका दिनमा खेल क्षेत्रका साथै विकाश निर्माणमा समेत देशको सबै भन्दा उत्कृष्ठ नगरपालिका बन्ने जिकिर गरे बागमती युवा क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगीता चैत्र २ गते सम्म चल्ले आयोजकले जनाएको छ । प्रतियोगीतामा २ वटा विदेशी र १० वटा गरी जम्मा १२ टिमको सहभागीता हुने भएको छ । फुटबल प्रतियोगीताको प्रथम हुने टिमले १० लाख नगद र द्धितिय हुने टिमले ५ लाख नगद पुरस्कार पाउने बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button