सृजनको मिनि म्याराथन सम्पन्न



आशिश बिक
सिरहा,
आफ्नो २९ औं वर्ष प्रवेशको अवसरमा सृजना सेकेन्ड्री इङ्गलिस बोर्डिङ स्कूल गोलबजर नपा ६ को आयोजनामा सोमबार मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । अन्तरविद्यालय म्याराथनमा ५८ छात्रा र ८३ छात्र सहित एक सय ४० जनाले भाग लिएका थिए ।
प्रतियोगितामा छात्रा तर्फ कक्षा ६ की अञ्जली चौधरी प्रथम, कक्षा ८ की चाँदनी चौधरी दोस्रो र कक्षा ७ की रानी गुप्ता तेस्रो भएकी थिइन् । उनीहरुले ८ किलोमिटरको यात्रा क्रमशः ४९ मिनट ८ सेकेन्ड, ४९ मिनट ३३ सेकेन्ड र ५२ मिनटमा तय गरेकी थिइन् ।
छात्रतर्फ कक्षा ७ मा अध्ययनरत शुशिल पण्डितले ८ किलोमिटरको यात्रा ३५ मिनट १४ सेकेन्डमा तय गर्दै प्रथम भएका छन् भने कक्षा ९ का अमरेश सिंह ३६ मिनट ५ सेकेन्डमा दौड पुरा गर्दै दोस्रो र कक्षा ९ का दुर्गेश यादवले सोही दौड ३६ मिनट २१ सेकेन्डमा पार गरी तेस्रो भएको स्कूलका प्रिन्सिपल इन्जिनियर विमर्श पाख्रिनले जानकारी दिए ।
प्रतियोगि विद्यालर्थीलाई विद्यालयले मेटल र सम्मापत्रले सम्मान गरेको छ । विद्यालयले आफ्ना छात्र छात्राहरुलाई अतिरिक्त क्रियाकलपको मध्यमबाट आन्तरिक क्षमता विकासगर्न प्रतियोगिताको आयोजना गरेको प्रिन्सिपल पाख्रिनले सुनाए ।
म्याराथन गोलबजार नपा ३ मुसहर्नियाबाट सुरु गरि गोलबजार ६ मा रहेको विद्यालयसम्म आएर टुङ्गीएको थियो । प्रतियोगिताको उद्घाटनको क्रममा गोलबाजर नपा ३ का वडाअध्यक्ष धनप्रसाद लामाले प्रतियोगितहरुलाई शुभकामना दिंदै विद्यालयको अतिरिक्त कृयाकलापप्रति सरहाना व्यक्त गरेका थिए ।
उद्घाटन वडा अध्यक्ष लामा र विद्यालयका संस्थापक पुस्पलाल प्राख्रिनले प्रतियोगिसँगै दौडेर गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button