चौथो राजर्षि जनक कप फुटबल फागुन २२ बाट हुने



रितिक अधिकारी
सर्लाही
सर्लाहीको बागमतीमा प्रदेश नम्बर २ को शान,राजा जनक प्रति सम्मान भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ कै सर्वा्धिक पुरस्कार राशिको चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा शनिवार भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराईएको हो ।
प्रतियोगितामा आयोजक बागमती नगरपालिकाको (रातो) र बागमती युवा क्लबको (निलो) सहित १२ वटा क्लबले सहभागिता जनाउने आयोजकले बताएको छ ।
जसमा दुई वटा विदेशी क्लब समेत रहेको बागमती नगरपालिकाको खेलकुद संयोजक एवं वडा नं. २ का वडाध्यक्ष दीपक लामाले बताए ।
बागमती नगरपालिका र बागमती युवा क्लबको एक–एक वटा टिमसँगै नेपाल पुलिस क्लब काठमाण्डौं, एन.आर.टी. क्लब काठमाण्डौं, जावलाखेल यूथ क्लब काठमाण्डौं, उर्गेन एकेडेमी फुटबल क्लव भुटान, कञ्चनजंगा एफ.सी सिक्किम, प्लानिङ ब्वाईज काठमाण्डौं, सुदूरपश्चिम–११, ब्वाईज युनियन काठमाण्डौं, चितवन–११ चितवन र नव जन जागृति युवा क्लब सीमराले सहभागिता जनाउँने बागमती युवा क्लवका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।
संतोष श्रेष्ठ स्मृति खेल मैदान बागमतीमा हुने प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँ तथा उपबिजेताले ५ लाख रुपैयाँ सँगै प्रतियोगिताकै सर्वोत्कृट खेलाडीले ५१ हजार रुपैयाँ एवं सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका महा सचिव सागर मैनालीले बताए ।
प्रतियोगिताको फागुन २२ गते पूर्व उपप्रधान मन्त्री समेत रहेका नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिने प्रतियोगीता चैत्र २ गते सम्म चल्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button