थाइल्याण्ड खेल्न जाने क्रिकेट टोलीको विदाइ



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
एशियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा थाइल्याण्डमा आगामी शनिबारदेखि इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भागलिन जाने नेपाली
क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेश सिलवालले विदाइ गरेका छन ।
। खेलाडीलाई विदाइ मन्तब्यको क्रममा सदस्य सचिब सिलवालले खेलको क्रममा खेलाञ्ची नगर्न खेलाडीलाई सुझाब दिएका छन । उनले सिनियर खेलाडीको अनुभव र नयाँ प्रतिभाको ऊर्जाको सम्मिश्रणले टोली विजेता हुनेमा आफू आशावादी रहेको बताए ।
नयाँ प्रतिभाको प्रदर्शनले सिनियर खेलाडीमाथि दबाब बढेको र प्रदर्शनमा सुधार नदेखिए सन्यास लिनुपर्ने कडा शब्दमा चेताबनी समेत दिए । नेपाल क्रिकेट संघले दुई साता अघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा थाइल्याण्ड जाने टोलीको घोषणा गरिसकेको छ । टोलीमा किशोर महतोले पहिलोपटक स्थान बनाएका छन । भुवन कार्की लामो समयपछि पुनरागमन गरेका छन । पवन सर्राफले पनि टोलीमा स्थान बनाउँदा अमेरिका र ओमान सम्मिलित त्रिदेशीय श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेका कुशल मल्लले पनि थाइल्याण्ड जाने टोलीमा स्थान बनाएका छन । टोलीसँगै अम्पायरको रुपमा नियुक्त हुनुभएका निर्मल गुरुङ समेत थाइल्याण्ड जाने छन । उक्त अवसरमा नेपाल क्रिकेट संघका अध्यक्ष, महासचिब तथा कोषाध्यक्ष र टोलीका प्रशिक्षक जगत टमाटाको उपस्थिति रहेको थियो ।
नेपालले थाइल्याण्डमा मलेसिया, हङकङ, थाइल्याण्ड र सिंगापुर सम्मिलित इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने दुई टोलीले वेस्टर्न रिजनमा उत्कृष्ट गर्ने दुई टोली गरी चार टोली सम्मिलित एशिया कपको छनोट प्रतियोगिता खेल्नेछन् । छनोट प्रतियोगिताको विजेता राष्ट्रले एशियाका पाँच टेष्ट राष्ट्रसँगै एशिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button