अल नेपाल फुल कन्ट्याक्ट कराँते ओपन च्याम्पीयनशिप प्रतियोगीता शुक्रबार बाट शुरु



रितिक अधिकारी
सर्लाही


सर्लाहीको लालबन्दीमा शुक्रबारबाट अल नेपाल फुल कन्ट्याक्ट कराँते ओपन च्याम्पीयनशिप प्रतियोगीता सुरु भएको छ ।
लालबन्दी नगरपालिका ७ को टमाटर बजारमा शुक्रबार र शनिबार २ दिन चल्ने प्रतियोगीताको नेपाल क्योकुशिन कान कराँते संघ सर्लाहीले आयोजना गरेको हो । फस्ट लालबन्दी अल नेपाल फुल कन्ट्याक्ट कराँते ओपन च्याम्पीयनशिप प्रतियोगीतामा सातै प्रदेशका गरी कुल ३ सय जना खेलाडीहरुको सहभागीता रहेको आयोजकले बताएको छ ।

प्रतियोगीतामा महिला तर्फ ४० केजी तौल समुह,४५,५० र ५५ केजी तौल समुहका साथै पुरुष तर्फ ३५ केजी तौल समुह,४०,४५,५०,५५,६०,६५ र सो भन्दामाथी तौल समुह गरि कुल १२ समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता सुरु भएको प्रतियोगीतालाई लालबन्दी नगरपालिकाले आर्थिक सहयोग गरेको नेपाल क्योकुशिन कान कराँते संघ सर्लाहीले जनाएको छ । नेपाल क्योकुशिन कान कराँते संघ सर्लाहीका अध्यक्ष गोविन्द महतको अध्यक्षतामा सुरु भएको प्रतियोगीतामा विजयी खेलाडीहरुलाई सिल्ड,मेलड र प्रमाण पत्रको व्यावस्था गरिएको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button